News Portal

संगीतकार सन्तोष श्रेष्ठले ५० भाषामा संगीत भरेर गरे विश्व कीर्तिमानी कायम

फरकपोस्ट संवाददातासाउन १४ काठमाडौं
४१६ पटक
साउन १४ काठमाडौं

संगीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को नयाँ किर्तीमान बनाउनु भएको छ । केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ ।

ढुकढुकी भित्र तिम्रो बोलको गीतमा डाीआर. उपाध्यायको शब्दलाई सन्तोष श्रेष्ठले ५० अन्तर्राष्ट्रिय भाषामा संगीत भर्नु भएको हो । यो गीतको गायनमा सन्तोष श्रेष्ठ, डीआर उपाध्याय र प्रकाश तिमिल्सिना रहेका छन् ।

गीतमा समेटिएका ५० वटा अन्तर्राष्ट्रिय भाषाहरूः
१० नेपाली, २० हिन्दी, ३० जापानी, ४० चिनिया, ५० अङ्ग्रेजी, ६० रुसी, ७० कोरियाली, ८० फ्रान्सेली, ९० स्पेनी, १०० इटालियन, ११० जर्मन,१२० थाई, १३० मौरिसियन, १४० उर्दु, १५० स्वेडिस, १६० क्रोसियन, १७० हेब्रु, १८० पोर्तुगाली, १९० बंगाली, २०० संस्कृत, २१० स्टोनियन, २२० भियतनामी,२३० डच, २४० सिंहाली, २५० स्लोभेनियन, २६० इन्डोनेसियन, २७० रुमानी, २८० फिनिस, २९० पेरुभियन, ३०० टर्किस, ३१० ग्रिक, ३२० फिलिपिनो, ३३० अल्बानियन, ३४० युक्रेनियन, ३५० अफ्रिकी, ३६० स्लोभाकिया, ३७० सर्बियाली, ३८० पानामियन, ३९० नर्वेजियन, ४०० आइसल्यण्डिक, ४१० बर्मेली, ४२० कोल्म्बीयन, ४३० कुर्डिस, ४४० स्वाहिली, ४५० पोलिस, ४६० बोलिभियन, ४७० हङ्गेरियन, ४८०डेनिस, ४९० लात्भियन र ५०० आर्मेनियन रहेका छन् ।            

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उपलब्ध गराएको प्रमाणपत्रहरू काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल सरकारको तर्फबाट सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गर्नुभएको हो । संगीतकार श्रेष्ठले हालसम्म ४१ वटा गीति एल्बमहरूमा एकल संगीत भरिसक्नुभएको छ भने फरैना नामक उपन्यास सार्वजनिक गर्ने तयारीमा रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्