News Portal

विष्णु माझीकाे ‘चरी जेलैमा २’ लाई आलाेचनात्मक प्रतिक्रिया बढी

फरकपोस्ट संवाददातासाउन २६ काठमाण्डाैं
१२०४ पटक
साउन २६ काठमाण्डाैं

नेपाली हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज लगभग दैलोमा आइपुगिसक्यो भन्दा हुन्छ । तीज नजिकिँदै जादा तीज लक्ष्यित गीतहरू नेपाली संगीत बजारमा धमाधम सार्वजनिक भइरहेका छन । यसै सन्दर्भमा बहुचर्चित गायिका विष्णु माझीको तीज गीत पनि सार्वजनिक भएको छ । नेपाली गीत संगीत नगरीमा एउटा भनाई चल्तीमा रहेको छ ।- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’

गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै एउटा चर्चाको विषय समेत बन्न पुगेको थियोे ।

यसै विषय व्यापक रुपमा उठेपछि उनका श्रीमान सुन्दरमणी अधिकारीले प्रहरीकहाँ पुगेर पत्नी तथा गायिका माझीको वास्तिवक अवस्थाबारे स्पष्टीकरण समेत दिनुपरेको थियो ।

सुन्दरमणीकै शब्द संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका सपना म्युजिक प्रालिको युट्युव मार्फत रिलिज भएको छ ।

केही शब्द फेरबदल गरेर पुरानै लय, थेगो र धुनहरु राखेर गीतलाई चरी जेलैमा भाग दुई भनेर सार्वजनिक गरिएकाे छ ।  दर्शक श्रोताले गीतमा नयाँपन नभएको भन्दै आलाेचनात्मक प्रतिक्रिया दिएका छन् ।

कतिपयले त पुरानो बोतलमा नयाँ रक्सी भन्दै व्यंग्य गर्दै कमेन्ट् पनि लेखेका छन् । गीत सार्वजनिक भएदेखि अहिलेसम्म सरसर्ती प्रतिक्रिया हेर्दा आलोचनात्मक प्रतिक्रिया नै अलि बढी देखिन्छ । विष्णु माझीकाे तीज गीत पर्खेर बसेका दर्शक श्राेता निराश बनेकाे युटुबमा देखिएका कमेन्ट्हरुबाट मूल्यांकन गर्न सकिन्छ । विष्णुकाे गीत नआई तीज नआउने भनेर भन्ने दर्शक श्राेतालाई पुरानै गीतले तिर्खा नमेटाएकाे पनि प्रतिक्रियाहरु आइरहेका छन ।

भिडियाे :

 

प्रतिकृया दिनुहोस्