News Portal

मसँग उपचार गर्ने पैसा छैन : एमाले अध्यक्ष ओली

फरकपोस्ट संवाददातासाउन २९ काठमाण्डाैं
३२५ पटक
साउन २९ काठमाण्डाैं

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचारका लागि पैसा नभएको बताएका छन् । भएकाे आफू र श्रीमतीको नामको सम्पत्ति पनि राज्यलाई दान दिइसकेको भन्दै उनले उपचारका लागि आफूसँग पैसा नभएको बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय यूवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदका रूपमा आउने रकमबाट उपचार खर्च गर्न नपुग्ने उल्लेख गरे। आफू जीवित रहेसम्म जनताका लागि रहने र युवाहरूभन्दा आफू कम सक्रिय नभएको उनको भनाइ छ ।

‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भन्ने मात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु। किनभने म देशका लागि समर्पित छु। त्यसकारण मेरो घर म बाँचुन्जेल, मेरो श्रीमती बाँचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने हो, नत्र मसँग पैसा छैन। सांसद छु सांसदको हिसाबले थोरै त आउँछ । नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ,’ ओलीले भने । नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस्