News Portal

राजशान्ति फाउन्डेशनद्धारा बालबालिकालाई ट्रयाक सुट सहयोग

फरकपोस्ट संवाददाताभदाै ६ लम्जुङ
५३६ पटक
भदाै ६ लम्जुङ

राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ ।  भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको फाउण्डेसनका संस्थापक शान्ति सुनारले बताउनुभयो ।

आफू पढेको विद्यालयमा रहेका विशेष श्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेकाे बताउदै आगामी दिनमा पनि सहयोग गर्ने सुनारले बताउनुभयो । फाउण्डेसनका संस्थापक सुनार संगै संस्थाका सचिव समीप सुनारले संयुक्त रुपमा विद्यालयका सहायक प्रधानाध्यपक रमाकान्त अधिकारी सहितको उपस्थितीमा विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ।

विद्यार्थीलाई पठनपाठनमा सघाउ पुर्याउने उदेश्यले सहयोग प्रदान गरिएको फाउण्डेसनका संस्थापक एवं सुन्दरबजार नगरपालिका ९ फूलबारी निवासी हाल युकेमा रहनु भएका राजकुमार (राजु) सुनारले जानकारी दिनुभयो । भक्ति नमूना माविका विशेष श्रोत कक्षामा हाल २२ जना विद्यार्थी अध्ययनरत छन् ।

सहयाेग सामाग्री हस्तान्तरण कार्यक्रममा सुन्दरबजार नगरपालिका ८ का वडाअध्यक्ष विजेन्द्र थापा, राजशान्ति फाउण्डेसन नेपालका सचिव समिप विश्‍वकर्मा, भक्ति नमुना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धुव्रबहादुर कुँवर,  सहायक प्रधानाध्यापक रमाकान्त सापकोटा, विशेष कक्षाका शिक्षक प्रेमनिधि सापकोटा लगायत विभिन्न तह र तप्काका विशेष व्यक्तिहरुकाे उपस्थिती रहेकाे थियाे ।

राजशान्ती फाउण्डेसन मार्फत सुनार दम्पतीले नेपालमा विभिन्न सामाजिक सेवा गर्दै आउएका छन ।  दुखी गरिवको उपचारमा आर्थिक सहयोग, विद्यालय, आमा समूह, युवा क्लव विभिन्न संघ जस्ता क्षेत्रमा फाउण्डेसनले सहयोग पुर्याउदै आएकाे छ । आफ्नो स्वर्गीय बुवा पूर्णबहादुर सुनारको प्रेरणाले आफूले कमाएको केही प्रतिशत रकम सामाजिक काम र सेवामा खर्चिने गरेको राजकुमार सुनारले बताउनुभयो ।

आफनो स्वर्गीय बुवाको प्रेरणाबाट सामाजिक काममा लाग्नु भएका सुनारले केही समय अगाडी आफ्नै सृजनामा एउटा मर्ने बाटो बोलको गीत सार्वजनिक गर्नु भएको छ । बुवा आमाको सम्मान स्वरुप उहाँले लेख्नु भएको गीतमा बरिष्ठ धुन सम्राट एवम गायक बिबि अनुरागीले संगीत भरेर गाउनु भएको छ । उक्त गीतकाे भिडियाे यहाँ तल राखिएकाे छ ।

प्रतिकृया दिनुहोस्