News Portal

स्वर्गद्वारी नगरपालिकामा वडा सचिव आन्दाेलित

फरकपोस्ट संवाददाताभदाै ६ काठमाण्डाैं
९४५ पटक
भदाै ६ काठमाण्डाैं

प्यूठानकाे स्वर्गद्वारी नगरपालिकामा कार्यरत वडा सचिवहरु आन्दाेलित भएका छन ।  नगरपालिकाकाे प्रशासन र जिन्सी शाखामा कर्मचारी नराखेर प्राविधिक कर्मचारीलाई  खटाएकाे भन्दै वडा सचिवहरुले वडाकाे काम स्थगित गरेर आन्दाेलित भएका हुन् ।

नगरपालिकाले साउन २३ गते पालिकाकाे प्रशासन र स्टाेर शाखामा प्राविधिक कर्मचारी राखेकाे छ । उक्त शाखाहरुमा सम्बन्धित कर्मचारी नराख्दासम्म वडाकाे काम नगर्ने र नगरपालिकामा हाजिर हुने स्वर्गद्वारी नगरपालिका वडा नम्वर ९ का वडा सचिव विष्णु पाेख्रेलले बताएका छन् ।  “हामी सबै वडा सचिव नगरपालिकामै छाैं”  सचिव विष्णुले भन्नुभयाे । माग पूरा नभएसम्म आन्दाेलन जारी रहने र आफूहरु नगरपालिकामै हाजिर हुन्छाै सचिव पाेख्रेलले बताए ।

प्रतिकृया दिनुहोस्