News Portal

बालेन शाहले अराजक गतिविधिलाई बढवा दिए : काँग्रेस नेता मिन विश्‍वकर्मा

फरकपोस्ट संवाददाताभदाै १० काठमाण्डाैं
४५८ पटक
भदाै १० काठमाण्डाैं

सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्‍वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधिलाई बढवा दिएकाे टिप्पणी गरेका छन्। काठमाण्डाैं महानगरपालिकाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम अगाडी बढाईरहेका बेला कांग्रेस नेता विश्वकर्माले यस्तो प्रतिक्रिया जनाएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाएर अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाएका छन् । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने पनि बताए।

‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अव भोलीदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त । गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ’, नेता विश्‍वकर्माले भने,‘तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयो भने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौै ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं । त्यसलाई विधि अनुसार चलाउनु पर्छ । गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भईहाल्यो । यतातिर ध्यान दिन जरुरी छ विश्‍वकर्माले भने ।

प्रतिकृया दिनुहोस्