News Portal

दाङमा थुनुवा छुटाईदिने भन्दै घुस लिने व्यक्ति पक्राउ

फरकपोस्ट संवाददाताभदौ १२ दाङ
३८१ पटक
भदौ १२ दाङ

दाङ प्रहरीले थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिनेलाई एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ निवासी २० बर्षीय प्रतिक बस्नेत रहेका छन् । प्रहरीले बस्नेतलाई प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो । सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर म जिप्रका मुद्धा फाँटबाट हो, नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएको डिएसपी गौतमले बताए ।

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई शनिबार पक्राउ गरेको गौतमको भनाइ छ । पक्राउ परेका बस्नेतलाई म्याद थप गरि थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्