News Portal

रोल्पामा श्रीमान – श्रीमती बीभत्स हत्या गरिएको अवस्थामा फेला

फरकपोस्ट संवाददाताभदौ १६ काठमाडौं
३५१८ पटक
भदौ १६ काठमाडौं

रोल्पामा दुई जना हत्या गरिएको अवस्थामा फेला परेका छन्। माडी गाउँपालिका ३ तालावाङमा श्रीमान/श्रीमती खुकुरीले काटेको विभत्स अवस्थामा भेटिएपछि अनुन्धान सुरु गरिएको छ ।

रोल्पा परिवर्तन गाउँपालिका २, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र निजकी श्रीमती करिब ३७ वर्षीया पार्बती मृत अवस्थामा भेटिएको रोल्पा प्रहरी प्रमुख डिएसपि बिनोद घिमिरेले बताए ।

काठमाडौँ इटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आइ तालावाङस्थित जयलाल डागीको घरमा मजदुरी गर्दै आएका उनिहरुको हत्या अनुसन्धानका लागी कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएसँगै घर्तीगाउँ ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देबराज भट्राईको टोली र रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरेको टोली यतिबेला घटनास्थल पुगेको छ। वडा अध्यक्ष बलबहादुर बुढाले घटना रातीको घटेको हुन सक्ने बताए।

‘केटिको माइती बाहिर जिल्ला हो। हत्या चाहिँ हत्या नै भएको हो। बाँकी कुरा प्रहरीको अनुसन्धानले खुल्ने छ।’ गाउँमा विभत्स हत्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान सुरु भएको बताएको छ । नागरिक दैनिक

प्रतिकृया दिनुहोस्