News Portal

केपी ओली र ईश्‍वर पाख्रेलालई दुई हास्य कलाकार चुनाैती बन्दै

फरकपोस्ट संवाददाताभदाै १७ काठमाण्डाैं
११४१ पटक
भदाै १७ काठमाण्डाैं

प्रतिनिधि सभा निर्वाचनमा यसपटक स्वतन्त्र उम्मेदवारी धेरै नै पर्ने देखिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नै घोषणा गरिसकेका छन्। सुमन सायमी संयोजक रहेको यो अभियानले साझा चुनाव चिह्न, साझा घोषणा पत्र र साझा उम्मेदवार तय गर्न लागिपरेका छन् ।

यसै क्रममा यो अभियानबाट काठमाडौं क्षेत्र नम्बर ५ मा हास्य कलाकार ‘सीते बा’ अर्थात् मधुसुदन पाठक पनि उम्मेदवार भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दै छन् । जुन क्षेत्रबाट अहिले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सांसद छन् । उनी पनि यही क्षेत्रबाट पुनः चुनाव लड्ने तयारीमा जुटेका

काभ्रेका पाठक हास्य क्षेत्रमा चर्चित छन्। ‘सक्किगो नि’ हाँस्य टेलिश्रृंखलाका कलाकार पाठकले केही समय देखि कृषि फार्म सञ्चालन गर्दै आइरहेका छन् ।

त्यस्तै अर्का हास्य कलाकार कुमार कट्टेल पनि यसपटक झापाबाट प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट उनले पनि स्वतन्त्र उम्मेदवारी दिने बुझिएको छ । झापा ५ नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली निर्वाचित क्षेत्र हो ।

प्रतिकृया दिनुहोस्