News Portal

दाङमा टिकट्क बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

सुरेश रोका मगर भदौ १९ काठमाडौं
६८२ पटक
भदौ १९ काठमाडौं

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नवीन केसी रहेका छन् । शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।

भीरबाट खसेर बेपत्ता भन्ने खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटना स्थल पुगेको थियो । करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि अस्पताल ल्याएको थियो ।

राप्ती प्रादेशिक अस्पताल ल्याए लगत्तै अस्पतालले केसीको मृत्यु भइसकेको घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्