News Portal

नायक पल शाह बाल याैन दुर्व्यवहारमा दाेषी ठहर

फरकपोस्ट संवाददाताभदाै २१ काठमाण्डाैं
५९७ पटक
भदाै २१ काठमाण्डाैं

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहार गरेको कसुरमा साढे २ वर्ष कैद सजाय दिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई जबर्जस्ती करणी मुद्दामा भने सफाइ दिएको हो ।

फैसलामा मिडिया र नाबालिगकको अभिभावकलाई पनि सचेत गराइएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले  जानकारी दिए ।

२०७८ गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो । शाहले  फागुन १५ मा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस्