News Portal

विष्णु खत्रीकाे कारुणिक दसैं गीत ‘उडी जाने जहाज’

फरकपोस्ट संवाददाताभदाै २२ काठमाण्डाैं
११७८ पटक
भदाै २२ काठमाण्डाैं

लोकप्रिय गायक एवं सर्जक विष्णु खत्रीको दसैं विशेष गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । गीतमा बाल गायक सुप्रिम मल्ल र विष्णु खत्रीको आवाज रहेको छ । गीतमा शब्द संगीत सृजना विष्णु खत्रीले नै गरेका छन् ।

कृष्ण केसीकाे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीकाे ध्वनी मिश्रण रहेकाे यस गीतकाे रेकर्ड कमल थापा, गाेविन्द अनेक र किरण विश्‍वकर्माले गरेका हुन् । म्युजिक भिडियाेकाे कथा निमार्ण र निर्देशन विष्णु खत्रीले नै गरेका हुन भने सह निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् । भिडियाेमा विष्णु खत्री, स्मारिका ढकाल र सर्विन केसीकाे अभियन रहेकाे छ । करण चैसिएले छायांकन गरेकाे यस म्युजिक भिडियाेकाे सम्पादन प्रविण भट्टले गरेका हुन् ।

दसैं गीत भनेपछि अग्रस्थानमा आउने नाम हो विष्णु खत्री । विष्णु खत्रीको दसैं गीत आएपछि बल्ल दसैं आएझैं लाउने उनका दर्शक श्रोता बताउने गर्छन् । गायक खत्रीले दसैंको राैंनक सुरु हुन लाग्दा याे अत्यन्तै मर्मस्पर्शी गीत सार्वजनिक गरेका हुन् ।

बाबु छोराको कथामा तयार पारिएको यस गीतले नेपाली समाजकाे वास्तविकताकाे प्रतिनिधत्व गरेकाे छ । गीतले दर्शक श्राेताकाे अत्यन्तै सकारात्मक प्रतिक्रिया बधाई प्राप्त गरिरहेकाे छ । गायक एवं सर्जक खत्रीले अब क्रमश: अरु दसैंका गीतहरु पस्किदै जाने  हामीलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्