News Portal

आयुष्मा कार्की र लोमस शर्माको अभिनयमा ‘अपराधीकाे केस’

फरकपोस्ट संवाददाताभदाै २२ काठमाण्डाैं
३०९ पटक
भदाै २२ काठमाण्डाैं

राधिका तामाङ र कमल सुसान्त केसीको स्वरमा “अपराधीको केश’ नामक नयाँ लाेक तथा दाेहाेरी गीत सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना संजिता श्रेष्ठ र राधिका तामाङले गरेका हुन् । कमल सुसान्त केसीको संगीत रहेको यस गीतकाे म्युजिक भिडियाेलाई कमल सुसान्त केसीको अफिसियल युटुब बाट राखिएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मेकी राधिका तामाङको गीत गाउने रुचिलाई यो गीतले पूरा गरिदिएको छ । माया प्रेममा एक हुन नसकेकाे  पीडालाई यो गीत मार्फत व्यक्त गरिएकाे छ । पछिल्लाे समय  टिकटकमा पनि यो गीतले राम्रै चर्चा बटुल्न थालेको छ ।

समिर थोकरको निर्देशन, सुशील डाँगीको क्यामरा रहेको गीतलाई दिपक बिष्टले सम्पादन गरेका हुन् । म्युजिक भिडियाेमा आयुष्मा कार्की र लोमस शर्माको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्