News Portal

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

फरकपोस्ट संवाददाताभदौ २४ काठमाडौं
४८४ पटक
भदौ २४ काठमाडौं

बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ ।  उहाँले ७० वर्षसम्म शासन गर्नुभयो ।

यसअघि आज बिहीवार उहाँकाे स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियाे । हिजो बुधवारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उहाँको स्वास्थ्यबारे चर्चा भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताउनुभएको थियाे भने विश्वभरबाट उहाँकाे स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्