News Portal

संगीतकार सन्तोष श्रेष्ठकाे उपन्यास ‘फरैना’ सार्वजनिक

फरकपोस्ट संवाददाताभदाै २५ काठमाण्डाैं
७८० पटक
भदाै २५ काठमाण्डाैं

लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठकृत उपन्यास ‘फरैना’ को विमोचन एवम्  सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमडौँमा आयोजित एक कार्यक्रमका बीच सांसद शान्ता चौधरी, समालोचक डा कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा भिमार्जुन आचार्य र नायक राजेश हमालले उपन्यासको विमोचन गरेका हुन् ।

विमोचन समारोहमा सांसद शान्ता चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको र त्यस कथाको पात्र आफू नै भएको जस्तो लागेको बताए । ‘यो उपन्यासका हरेक पानाहरु पढ्दै जाँदा आफ्नो अतितका दिनहरुमा फर्कन बाध्य भए भन्दै सांसद चौधरी भावुक भइन् ।’ सांसद चौधरीले भनिन् उपन्यास ,’सन्तोष श्रेष्ठले हैन कि कोही सन्तोष थारुले लेखेको जस्तो महसुस भयो ।’

थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलता लगायतका विषय उपन्यासले सशक्त रुपमा उठाएको छ । उपन्यासको मूल विषयवस्तु नै कमलरी संग सम्बन्धित रहेको छ ।

कार्यक्रमका अरु वक्ताहरुले सङ्गीतकार, गायक, लेखकको रुपमा मात्रै नभएर श्रेष्ठ उपन्यासकारका रुपमा पनि स्थापित हुने भन्दै शुभकामना दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्