News Portal

उपत्यका समन्वय समिति लाजिम्पाटकाे अध्यक्षमा बसन्त विश्‍वकर्मा

फरकपोस्ट संवाददाता
९८६ पटक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष लाेकप्रिय गायक पदमा वसन्त विश्वकर्मा चयन भएका छन् ।

चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट विश्‍वकर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रितम पोखरेल, द्धितिय उपाध्यक्ष सुमन थापा मगर, महिला उपाध्यक्ष सपना रोका, सचिव सविन आचार्य, कोषाध्यक्ष टेजराज भण्डारी, सह सचिव वसन्त राज बि.क., कोषाध्यक्ष श्याम बुर्लाकोटी, सदस्यहरु यज्ञ बि.क., सुनिल परियार, मिना बुढाथोकी, गरिमा राम्जाली, सलिना नेपाली, दिपिका बयम्बु मगर, जीवन सिग्देल, चिज गुरुङ्ग, कृष्ण बहादुर  विश्‍वकर्मा, आरती खड्का, प्रमिला तामाङ्ग , रेनुका भट्टराई , पुनम सुनार, सुनिल बि.सि., अनिल सुनार, प्रकाश जि.सी. निर्वाचित भएका छन् ।

प्रकाश पराजुलीको अध्यक्षता  गरेकाे कार्यक्रमकाे  प्रमुख अतिथि प्रतिष्ठानका  केन्द्रिय उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रिता थापा रहेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिवेशनमा केन्द्रिय प्रतिनिधी, उपत्यका समन्वय समितीका प्रतिनिधी र आठ वटै समितीको प्रनिधीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्