News Portal

अछाममा पहिरोमा पुरिएर १२ जनाको मृत्यु, ११ जना बेपत्ता

फरकपोस्ट संवाददाता
३२० पटक

अछाममा पहिरोले पुरिएर १२ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ। उनले तुर्माखाँद गाउँपालिकामा २ र ढकारी गाउँपालिकाका एक जनाको शव फेला परेको बताए ।  ११ जना बेपात्ताको खोजी कार्य भइरहेको उनले बताए। अन्य ११ जना घाइतेको भने उद्धार गरिएको छ ।

प्रतिकृया दिनुहोस्