News Portal

छाेरा फर्किने आशमा बुवाका कपाल सेतै फुले

२१ बर्ष बितिसक्दा सम्म पनि हराएकाे सन्चो बिसन्चो कुनै खबर रेशमको परिवारले पाएका छैनन्

गनबहादुर पेस्ताेलअसाेज १ राेल्पा
४४१ पटक
असाेज १ राेल्पा

रोल्पा जिल्ला सुनिलस्मृती गउँपालिका वडा नं. ४ साविकको मिझिङ गाविस वडा नं. ९ कोइरालखर्कका रेशम केसी विगत २१ वर्ष देखि आफ्नो हराएका छोरा लाल बहादुर केसी फर्किने आशमा बाँचिरहेका छन् । उमेरले ६७ कटिसकेका रेशम छोराको पर्खाइमा बस्दा बस्दै काला केश फुलेर सेता भइसकेका छन् ।
शारिरिक रुपमा अशक्त रेशमको एउटा खुट्टा समेत छैन । सामान्य रुपमा देखिएको घाउ धेरै पाकेर कान्सर बन्ने स्थिती देखिएपछि उनले आफ्नो खट्टा गुमाउन बाध्य भए । उहिले उनलाई हिँडुल गर्न निकै कठिन छ ।

रेशमका आशा भनेकै हराएका जेठा छोरा लालबहादुर थिए । आशा र भरोसा ठानेको छोरा धन कमाउन जान्छु भनी घरबाट भारतको चण्डिगढ हिडेका थिए । तर हिँडेको २१ बर्ष बितिसक्दा सम्म पनि लालबहादुरको सन्चो बिसन्चो कुनै खबर रेशमको परिवारले पाएका छैनन् । रेशम भन्छन् उसको आश गर्दागर्दै आफ्नो सास जाने बेला भयो तर छोरा अहिलेसम्म फर्किएको छैन । रेशमले भने अब छोरा घर फर्किएला भन्ने आशा लगभग मरिसक्यो ।

सन्तानको सहारा र हेरचाह चाहिने यो उमेरमा सन्तान वियोगले रेशम दिन रात छट्पटीने गर्छन् । बेसहारा बनेका रेशमको सहारा कोही छैनन् शारिरिक रुपमा अशक्त भएकाले उनी कुनै काम गर्न सक्दैनन् तर नसके उनलाई बिहान साँझ खान धौ धौ परेको छ । वास्तवमै रेसमको जिन्दगी अभाव, पीडा र दर्दको सामना गरेर बितिरहेको छ ।

रेशमको परिवारमा अहिले ३ जना परिवार छन, उनका श्रीमती र ८ बर्षका नाबालक छोरा । उनी शारिरिक रुपमा ठिक हुदाँ ज्याला मजदुरी गरेर परिवार पालेका थिए तर अहिले त्यो गर्न सक्ने अवस्थामा छैनन् रेशम । अशक्त भएपछि कसैले पनि सापटी ऋण दिन मन गर्दैनन् किनकी उनले कमाएर तिर्न सक्ने अवस्था छैन, कमाएर दिने कोही छैनन् ।
चाडपर्व नजिकियो यसले थप पीडा दिने रेशम बताउछन् । मीठो खान र राम्रो लगाउन त परै जाओस् साँझ बिहान खाने खर्च जुटाउन समेत उनको परिवारलाई सकस छ । अभाव र गरिवीको रेखामुनी पिल्सिएको केसी परिवारको दैनिकी दुख, कष्ट, अभाव र छट्पटीमा बितिरहेको छ ।

प्रतिकृया दिनुहोस्