News Portal

चोलेन्द्रले सफाइ पाइसके : केपी शर्मा ओली

फरकपोस्ट संवाददाताअसोज २ काठमाडौं
१००१ पटक
असोज २ काठमाडौं

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए ।

“हिजो संसद्को अधिवेशन समाप्त भयो । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भयो । त्यसो भएपनि त्यो महाभियोग पारित भएन । दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो,” ओलीले भने, “त्यसमा सत्ता पक्षले उहाँलाई ढिलो गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो ।”

उनले प्रस्ताव दर्ता गरेर पारित नगर्नु भनेको सत्तापक्ष आफैँले थापेको पासोमा परेर सफाइ दिएको बताए ।

प्रतिकृया दिनुहोस्