News Portal

प्यूठानका दुई विद्यार्थीलाई जनसेवाश्री पदकबाट सम्मान गरिदै

फरकपोस्ट संवाददाताअसाेज ३ काठमाण्डाैं
७१७ पटक
असाेज ३ काठमाण्डाैं

प्यूठानकाे गौमुखी गाउँपालिका ठूलाबेसी का १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ ।

संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको नाम पनि  समावेश गरिएकाे छ । जनसेवाश्री पदकको ३७ र ३८ औं नम्बरमा उनीहरुको नाम समावेश छ रहेकाे छ ।

गौमुखी मावि ठूलावेशीमा अध्ययनरत पूजा जारगाउँ प्यूठानका सुशील सुनार र चन्द्र सुनारलाई सो पदक पाउने भएका छन ।

सुशिल र चन्द्रले  गत असारको अन्तिम साता विद्यालयबाट फर्कदै गरेको बेला नदीमा बग्दै गरेका बालकको उद्धार गरेका थिए ।

उनीहरु गौमुखी माविमा कक्षा ९ र १० अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिकृया दिनुहोस्