News Portal

लाेक स्वर सम्राट राजु परियारलाई पितृशोक

फरकपोस्ट संवाददाताअसाेज ३० काठमाण्डाैं
५७९ पटक
असाेज ३० काठमाण्डाैं

लाेक स्वर सम्राट राजु परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा निधन भएको छ । लमजुङ जिल्लाकाे बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका राजु परियारका बुवा मंगलसिंहकाे उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । फोक्सोको समस्याबाट विगत ३–४ वर्षदेखि पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन घरमा लगिएकाे थियो । घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकाे थियाे तर उनकाे उपचारको क्रममा निधन भएको हो ।

लोक गायक राजु परियारले आफ्नो बुवाको निधन भएकोबारे फेसबुकमा आफ्नाे र बुवाकाे संगै खिचिएकाे दशैंकाे फाेटाे राखेर जानकारी गराएका छन् । उनले आफ्नो बुवाको उपचारका क्रममा आइतबार बिहान ७ बजेतिर निधन भएको जान‍कारी दिएका छन् । ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट विदा हुनुभयो ।’– उनले फेसबुकमा भावुक शब्दहरु लेखेका छन् ।

मंगलसिंहका २ श्रीमतीबाट, ६ छोरा र २ छोरी रहेका छन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आएका थिए । काठमाडौंमा जेठो छोरा राजुले उपचार गराइरहेका थिए । राजु मंगलसिंहका जेठो छोरा हुन् ।

प्रतिकृया दिनुहोस्