News Portal

हाम्रो त्याे पहिलो भेट नै अन्तिम भेट बन्यो

अपचिरित मान्छे
९४ पटक


र माया बस्दो रहेछ
अन्जानमा बस्ने पनि यहीँ माया

जानाजान बस्ने पनि यहीँ माया

ख्याल ख्यालमा बस्ने पनि यहीँ माया

दुई मन मिलेर बस्ने पनि यहीँ माया

एकहोरो बस्ने पनि यहीँ माया !

माथि उल्लेखित गरि बस्ने माया मध्येको एकबाट मेरो पनि कोही सित माया बस्न पुगेछ । उनी संग सामाजिक सञ्जाल फेसबुक मार्फत भेट भएकाे थियाे । जिल्लाका हिसाबले दुई फरक जिल्ला भएपनि भौगोलिक र भाैतिक दुरिका हिसाबले उनको र मेरो घर नजिक नजिक पर्छ । मभन्दा करिब ७/८ वर्ष जुनियर उनी संग गाउँ छदा व्यक्तिगत रुपमा त्यति धेरै चिनजान हुन पाएको थिएन कारण एक त म भन्दा उनी सानाे उमेर थियो भने अर्काे म एसएलसी सकेर पढाइ संगै कलाकारिता र पत्रकारिताको बाटोलाई अंगाल्दै गाउँ छोडिसकेको थिए ।

फेस्बुकमा रिक्वेस्ट उनले पठाइन वा मैले पठाए ठ्याक्कै बिर्सिए ! उनीलाई चिने जस्ताे पनि लाग्याे र उनका र मेरा फेस्बुकमा धेरै साझेदार साथी देखेपछि मलाई लाग्याे उनी नजिकै मान्छे हुन् भन्ने । त्यसपछि पहिलाेपटक मैले नै बाेलाएकाे थिए उनले जवाफ फर्काउदै दाई नमस्कार भनिन् । मैले पनि नमस्कार फिर्ता गरे । यसरी हाम्राे  चिनजान भयाे । हामी हरेक दिन जसाे अनलाइन आउँदा बाेल्न थाल्याैं ।  हेलो हाई केछ कस्तो छ ? यस्ता कुराकानी दिनप्रतिदिन हुन थाल्यो ! कुरा हुदै जादा मन न हो कता कता बिग्रिन थालेछ । यसको मतलब यो मनले उनलाई नजिकै पो सोच्न भ्याए छ ।

सम्बन्ध यसै चलिरहेकै थियो करिबकरिब एक वर्षको हाम्रो सामान्य कुराकानी पश्चात् भेटघाट गर्ने निधो गर्याे ! भेटघाटको निम्ति सहज पक्कै थिएन, उनी दाङमा बस्थिन् म काठमाण्डाैं गाउँ गएकाे बेला माैका मिलाएर भेट्नुपर्छ है भनेर मैले उनलाई अनुराेध गरिरहन्थे उनले पनि हुन्छ नि गाउँ आउदाँ सम्पर्क गर्नुहाेला भेटाैंला भन्थिन्  हामीले यतिसम्मका कुरा फेस्बुक च्याटमै गर्थ्याे । यतिकैमा फेस्बुकमा मैले उनीलाई लेखे गाउँ आउँदा भेट्ने त भन्छेउ सम्पर्क गर्नुस् पनि भन्याे तर नम्वर चाँही नदिनी कसरी सम्पर्क गरेर भेट्ने  भने, उनले नम्बर पठाईन् र भनिन् तपाईकाे नि दिनु, मैले पनि दिए, नम्बर आदानप्रदान त गर्याे तर हाम्राे नम्बरमा कुरा हुदैन थियाे धेरै जसाे च्याटमै भइहाल्थ्याे । नम्बर लिएकाे करिब तीन चार महिना पछि मैले एकदिन उनलाई फाेन गरे, याे फाेन मेराे माेबाइलबाट उनकाे माेबाइलमा गएकाे पहिलाे फाेन थियाे । उनले पहिलाेपटक मलाई चिन्ने कुरै भएन् चिनुन् पनि कसरी त्यसभन्दा पहिले हामी कहिल्यै फाेनमा बाेलेका थिएनाैं । गत बैशाखमा स्थानीय तहकाे निवार्चनकाे माहाेल चलिरहेकाे थियाे । चुनावकाे माहाेल र भाइकाे बिहेकाे सन्दर्भ जाेडिएकाले गाउँ जाने अवसर जुटेकाे थियाे यसकारण पनि मैले उनलाई फाेन गरेकाे थिए ।

मैले सुरुमा आफ्नाे परिचय दिएन, उनलाई धेरै बेर पर्खाए, धेरै थाेरै त उनकाे रिस पनि उठाए, उनेले पटकपटक मैले चिनेने तपाईकाे परिचय भन्नु नत्र फाेन राख्छु भनेर रिसाइन् मलाई उनलाई सताउन पाउँदा खुशी लागिरहेकाे थियाे । करिब १५ देखि  २० मिनेट लामाे कुराकानी भएपछि मैले घुँमाउराे पाराले मेराे परिचय खाेले, र पनि उनले अझै ठम्याँउन सकिनिन् । पछि उनले बल्लतल्ल चिनिन् र भनिन् यत्राे बेर मलाई सताउने ? मैले सताउनुपर्याे नि नजिका मान्छेलाई भने, जब उनले मलाई चिनिन् त्यसपछि मन खाेलेर बल्ल बाेल्न सुरु गरिन्, पहिलाे फाेनकाे कुराकानी मिठासपूर्ण गफगाफ निकै बेर करिब १ घण्टा भन्दा धेरै चल्याे । म गाउँ आउने कुरा उनलाई सुनाए । काफल पाक्ने माैसम थियाे । त्यसमाथि उनकाे गाउँमा काफल अत्यधिक पाइने भएकाले काफल खुवाउनुपर्छ है भनेर मैले भने, उनले हुन्छ आउनुस् खुवाउलानी भनिन् सम्बन्ध निकै सुमधुर पाराले चल्न थाल्याे । म गाउँ गए भाइकाे बिहे भएकाले धेरै समय त्यतै अल्मलिन पर्याे समय अभावका कारण हाम्राे भेट हुन सकेन । म फेरि काठमाण्डाैं फर्किए, भेटघाट भएन यस्तै भयाे । फेरि भेटाैला भन्ने कुराकानीहरु दुबैजनाले गरियाे ।

समय त निरन्तर चल्ने नै भइहाल्याे हाम्राे कुराकानी पनि जेहाेस् अनलाइन हुदाँ भइनै रहन्थ्याे । समय बित्दै जाँदा दशैं आयाे दशैं मनाउन गाउँ आउने कुरा फेरि उनीलाई बताए, यसपाली त भेट हुनुपर्छ, हुन्छ भन्नेमा हामी विस्वस्त थियाैं दुबै जना, गाउँ जादाजादै बाटाेमा बिरामी परेकाले म लगभग दशैंकाे दिनसम्म बिस्तारामा थलिए । अलि निकाे‍ भए जस्ताे त भएकाे थियाे तर करिब एक हप्तासम्म निरन्तर परेकाे पानीले गाउँमा बत्ति पनि गयाे सम्पर्क सबै ताेडियाे, फाेनहरु अफ गरेर बस्नुपर्ने स्थिति आयाे, फेरि पनि हामीलाई वा मलाई भनाैं समयले ठगिहाल्याे, दशैं सकियाे फेरि कर्मथलाे फर्किहाल्नुपर्ने थियाे नभेटेरै फर्किए ।

दशैं पछि करिब एक दर्जन दिन काम गरियाे फेरि पनि कुराकानी निरन्तर नै जारी थियाे । तिहारमा गाउँ जाँदा कसाे भेट नहाेला भन्ने मनमा एकखालकाे ढुक्कता थियाे । तिहारमा आउँदा आँधी बाटाेसम्म लिन आउ है भनेकाे थिए हुन्छ पनि भनेकी थिएन् मन यसै गदगद थियाे । घर हिड्ने केही दिनमात्र बाँकी रहदा उनी एकाएक हराईन सम्पर्कमा आईनन् मलाई छट्पटी चल्याे धेरैपटक काेसिस गरे उनी मेराे सम्पकर्मा आईनिन् । मनमा निराशाकाे पाेका बसाउदै तिहार मनाउन घर जानकाे लागि काठमाण्डाैं देखि रात्री बसकाे टिक लिएर हिडे । धादिङ तिर पुग्दा मैले अघिल्लाे दिन उनले पठाएकाे टेक्स म्यासेजकाे रिप्लाई गरिन् र भनिन् मलाई केही भएकाे छैन अन्यथा नसाेच्नु नबाेलेकाे मात्र हाे भनिन् । मनमा केही हर्षकाे पालुवा पलायाे । रात्री बस आफ्नाे रप्तारमा हुँईकिरहेकाे थियाे मेराे मनमा उनका याद र भेट्ने दिनका झझल्काेका बादलहरु मडारिरहेका थिए । बिहान पुगियाे गन्तव्यमा । मेराे घर जाने बाटाे उनकाे गाउँ हुदै जाने हुदाँ उनकाे गाउँ नजिक पुग्नु पहिले फाेन गरे उठेन नउठेपछि म आफ्नाे घरतिर लागे रातपरिसकेकाे थियाे । घरमा पुगेपछि उनकाे म्यासेज आयाे तपाईकाे फाेन आएकाे रहेछ म त भाउजुलाई माईती पठाउन गएकाे थिए थाहै भएन भनिन्  । मैले ल ठिकै छ मैले पनि व्यस्त भएर हाेला फाेन नउठाएकाे भन्ने लागेकाे थियाे केही छैन भने ।

तिहारकाे पर्सिपल्ट उनलाई भेट्छु भन्दै उनकाे गाउँतिर लागे करिब बिहान १० बजिसकेकाे थियाे म घरबाट हिंड्दा, लगभग आँधी बाटाेपुगेपछि उनलाई फाेन गरे म्यासेज छाेडे कुनै रिप्लाई आएन, मसंग साथमा उनकै गाउँका एकजना मेरा अत्यन्तै प्रिय साथी पनि हुनुहुन्थयाे मेराे घरमा आउनु भएकाे थियाे र उहाँकाे घर जाँदै थियाैं हामी । उनकाे फाेन नउठेपछि व्यस्त हाेलान् सायद पछि केही प्रतिक्रिया आउलानी भन्दै साथीकाे घर तिर लागियाे संजाेग त्यसदिन त्यहाँ स्थानी मेला पनि लाग्ने रहेछ साथीले लाै उतै जाउ भन्नुभयाे । अब उनकाे फाेन नउठेपछि हुन्छ त नि जाउँ भन्दै मेलामा गइयाे । मेला पुग्दा करिब दिउँसाेकाे ३ बजिसेकाे थियाे । मेला पुगेर एकछि डुल्याैं ४ बजेतिर फेरि उनकाे म्यासेज आयाे कता हुनुहुन्छ भन्ने, मैले मेलामा छु तिमी फाेन उठाएनाैं भने । उनले हाेइन म चार्जमा राखेर बाहिर गएकी थे बारी तिर घाँस काट्न थाहा पाएन भनिन् र  फर्किदा यतै आउनु हाम्राे घरबाट भनिन् मैले हुन्छ भने, मेलामा ढिला पुगेकाले रात परिहाल्याे अब फर्कियाैं भन्दा करिब ६ बजिसकेकाे थियाे । हामी फर्कियाैं बाटाेमा आउदै गर्दा रात परिहाल्याे उनले नम्बरमा टेक्स म्यासेज लेख्दै भनिन् कतिबेला आउनु हुन्छ रात परिसक्याे रात परेपछि म निस्कन पाउँदिनँ घरमा गाली गर्नुहुन्छ भनिन् । हामी हतारहतार फर्किदा पनि करिब ९ बजिहाल्याे साथीकाे घरमा आउँदा । रात पर्याे अब भाेली भेटाैला रातिमा भेट हुन आउदा भइसकेकी छाेरी पाेइल गइकी भनेर घर परिवारमा चिन्ता गर्नुहाेला फेरि भन्दै उनेले ठट्याैली म्यासेज लेखिन् । दुईचार वटा रमाइला कुरा भए, मैले पनि हुन्छ नि भाेली भेटाैंला केही छैन भने । पैदल हिंडाइकाे चापले जिउँ ज्यान थकाइले निस्लाेट भएकाे थियाे । केही खानेकुरा खाएर सुतियाे । भुसुक्क निदाइहालिए छ एक्कासी बिहान उज्यालाे भएकाे थाहा पाइयाे सुतेपछि चिसाे बढिसकेकाले धाैं धाैं हातमुख धाेएर चिया नास्ता खाइयाे ।

साथीकाे घरबाट म निस्कन्छु भन्दै विदा मागे साथीले घर पर डाँडासम्म लैजान्छु भन्नुभयाे र हिडियाे, हिड्दा उनकाे घरकाे बाटाे गइयाे फेरि उनलाई फोन गरे उठेन लगभग ४ पटक जत्ति गरे २ वटा जति टेक्स म्यासेज छोडे कुनै रेस्पोन्स आएन ।  म भने भेट त जरुर हुन्छ आज त जसरी हुनुपर्छ भन्ने अठाेट आशा लिएर उनको घर नजिकै डाँडामा पर्खिरहेको थिए । म यो कुरामा विश्वस्त थिए कि उनी भेट हुन आउछिन् सायद काममा व्यस्त भएर होला फाेन नउठाएकाे  पछि केही प्रतिक्रिया त आउला भनेर बसिरहे, बस्नदा बस्दै करिब  डेढ घण्टा बसे कुनै रेस्पोन्स आएन,  मन मानेन फेरि कल गरे, करिब तीन घण्टी मै फोन उठ्यो  फोन उठाएर खित्खित हास्दै भनिन् कहाँ हुनुहुन्छ ? मैले भने यहीँ तिम्रो घर नजिक छु नि । उनकाे यति बाेलि सुन्नासाथ म त अलमल्ल परे भेट भइहाल्ने भाे भनेर खुसी पनि लाग्याे, त्यतिबेला मैलै त्यहाँका डाँडापाखा, रुख विरुवा पनि खुसी भएकाे देखे, आफू खुसी हुदाँ दुनियाँ खुसी लाग्दाे रहेछ ।

उनले थप कुरा थप्दै भनिन् ल हाम्राे घरमै आउनु भनेर प्रस्ताव गरिन् । तर मैले भो यतै आउ घरमा तिमीलाई समस्या होला भने, उनले हुन्छ त नि म आउछु तपाईं भएको ठाउँ अलि तलतिर हाे थाेरै माथि  उक्किनु भनिन् म उक्लिए,  त्यहाँ पुग्दा उनी आइसकेकी थिइन् । अब त उनकाे माेबाइलबाट मेराेमा फोन आउने दिन पनि आयो, फाेन उठाए खै कता हो तपाईं भनिन् फाेनकाे आवाज भन्दा उनकाे आवाज चर्काेसंग मैले सुनिहाले म नजिकै रहेछु । फाेन राखे र उनी भएकाे  ठाउँ तिर लागे । एउटा सानाे माटाेकाे ढिस्काे थियाे । त्यसलाई मैले छिचाेलेपछि  एकअर्कालाई छर्लङ्ग देख्यो, मन अर्कै भो किनकि हाम्रो पहिलो भेट थियो । मैले एकछिन उनलाई नियालेर हेरे उनी लजालु स्वभाकी देखिन्थिन यसबखत, आखामा आँखा जुधाउन सकिनिन् लजाएर खिसिक्क हास्दै भुइँतिर फर्किन् ! सायद अप्ठ्यारो महसुस भएर होला मैले केही कुराले फेरि बोलाउने प्रयत्न गरे, म जति पटक उनी संग आँखा जुधाउन वा कुराकानी गर्न खोज्थे उनी भुइँ तिर नै मुसुक्क हास्दै फर्किनथिन !  अत्यन्तै साधारण भेषमा आएकि थिइन् उनी तर उनको सुन्दरताले अन्य कुरालाई ओझेलमा पारेको थियो । झट्ट देखेपछि उनको सामान्य र साधारण जीवनशैलीले मलाई प्रभावित पारिसकेको थियो ।

निलो आकाशे कलरको सुरुवाल, कालो हाइनेक बाहिरपट्टि पुरै रातोमा विभिन्न कलरले बुट्टा भरिएको टिसर्ट, फराकिलो निधारमा रातो रंगले मुछिएको अछेताको टीका, ओठमा गुलाबी कलरको लिपिस्टिक छोटो छोटो कालो कपाल त्यसमाथि गंगटे काटा, सानासाना झिम्रो आँखा आहा यो भन्दा धेरै बयान मैले गर्न सकिन उनकाे !  रमाइला रमाइला निकै धेरै गफगाफ करिबकरिब ३ घण्टा बढी गरियो समय बितेको पत्तै भएन,  हामी साथमा हुदा दिनपनि घडी पनि निकै हतारहतारले कुदिरहेको जस्तो भान हुन्थ्यो, कार्तिककाे चिसाे महिना दिउँसो १२/१ बजेको त्यो पारिलो घाम अनि उनको साथ सायद त्यो पलको वर्णन गर्न मैले कुनै शब्द चयन गर्नै सक्दिँन ।

मलाई भेट्न आउदा उनकाे घरमै फलेको अर्गानिक सुन्तलाका केही दाना सानो प्लास्टिकको ब्यागमा राखेर लिएकी थिइन् । भेटेर केही भाग कुराहरु गरेपछि सुन्तला खानु न मीठाे छ हाम्रै बारीमा फलेकाे भनिन् मैले साथीकाे घरमा खाएकाे थिए भाे अहिले नखाउ पछि खाउला भने, सुन्तला खानतिर भन्दा कुराकानीमा व्यस्त भयाैं । हामी फेरि गफगाफकै दाैडानमा अघि बढ्याैं । त्याे समय हाम्राे लागि जिन्दगीकै महत्वपूर्ण समय लागिरहेकाे थियाे । हामी भेटिएकाे ठाउँ माथि डाँडमा थियाे ।  हावा पनि चलिरहेको थियो । रुखका पातहरु बतासका तालमा हल्लिरहेका थिए, माहोल निकै रमाइलो थियो । यतिकैमा प्लाष्टिकमा उनले लिएकाे सुन्तला मध्येबाट एउटा सुन्तलाकाे दाना फुत्त झरेर पल्टियाे भूगाेल भिराले थियाे सुन्तला निकै तल पुग्याे । मैले भने हाम्राे माया प्रेम देखेर सुन्तला पनि लजाए छ। उनी खुसुक्क हासिन । कुरा माया प्रेमका भए विगतका भए वर्तमानका र भविष्यका विषयमा पनि, मेरा केही सुख दुखका अनूभुति पनि उनलाई बाँड्ने माैका पाए । उनकाे पनि केही सुन्ने अवसर पाए ।

समय न हाे आफ्नै गतिमा चलिरहेकाे थियाे बितिरहेकाे थियाे  । उनी घरमा केही समय निकालेर आएकी थिइन् म पनि अर्काे गाउँमा पुग्नु थियाे ।  छुट्टिने कुरा भो छुट्दा मैले २/४ वटा सेल्फि लिउँ न त सम्झना स्वरुप बल्लतल्ल भेट भइएकाे छ, अब भेट कहिले हुने हाे भने, उनले हत्तपत्त मानेनन् भयाे मान्छे नै भेटघाट भइहाल्याे फाेटाे किन खिच्नु भनिन् उनी लजाए झैं गरिन् । तर मेराे मनले मानेन फेरि भने खिचाैन खिचाैं,  उनी अलि बढी नर्भस देखिन्थिइन् । मैले धेरै नै प्रेसर गरेपछि सेल्फि खिच्न उनी मञ्जुर भइन् र खिचियाे, मैले उनका केही सिंगल फाेटाेहरु पनि खिचे उनले पनि मेरा दुईवटा जति खिच्दिन् यतिकैमा फाेटाे सेसन कार्यक्रम सकियाे ।

भेट्नी बेला जुन खुसी थियो छुट्दा त्यो खुसी पक्कै थिएन, भनिन्छ बिछोड नमिठो नै हुन्छ हामीलाई मीठाे हुने कुरै भएन् ।  उनी घर जान बारम्बार बिदा मागिरहिन तर मेरो मन, मेरो हातले उनलाई बाइ बाइ गर्न वा बिदाइ गर्न मानिरहेका थिएनन् । अब त छुट्नै पर्छ समयले निक्कै पर धकेली सकेकाे थियाे । मैले भने भेटघाट गरियाे अब छुटिदै छाैं के दिन्छाै चिनाे ? उनले खित्त हासेर के दिनी हाेलारे बरै भनिन् । मैले मलाई तिम्रा आखाँ मनपर्छ आँखा देउ भने, दिन मिल्ने भए त दिन्थे भनिन् । हामी छुट्ने निश्चित हुनुपथ्याे भयाे पनि । मैले भने  हग गराैं, उनी झसंग पाे भइन् भेट्दा जसरी भेट्याे त्यसरी छुटाैं भनिन् । मैले फेरि त्यही कुरा दाेर्याए,  निकै पटक मैले हार्दिकतापूर्वक गरेको अनुरोधलाई उनले न हुन्छ भन्न सकिन् न त हुदैन, नर्भस हुदै रातो पिरो भइन् घर नजिकै भएकाले उनले निकै नै अप्ठेराे महसुस पनि गरिरहेकाे कुरा उनका ति निर्दाेष आखाले बताइरहेका थिए ।  अन्तिममा म उनकाे नजिकै गएर हात समाएर सुम्सुमाए, उनी त निकै अप्ठेराे मानेर मेराे मुख हेर्न समेत सकिनिन्  मैले हातमा हात राखेर ल छुट्टिउ भने  ! जादाजाँदै एउटा सुन्तलालाई दुई भाग लगाएर आँधा आँधा खायौं यसबेला मन मुटु नै आधा आधा बाँडिएको महसुस भइरहेको थियो । उनको घर नजिकसम्म म पनि पुगेर आफ्नो बाटो तय गरेर टाढिदै गर्दा मेरा दुई नयन उनीतिरै जोडतोडले हेरिरहेका थिए  । छोड्न मानेका थिएनन् तर छोड्नुपर्ने बाध्यता हामी माझ उभ्भिसकेको थियो ।

मन नलाई नलाई खुट्टाहरु गन्तव्य तिर अगाडि बढाए मन अमिलाे भइरह्याे  घर नजिक पुगेपछि कल गरे मीठो बोलीमा कति छिटो पुग्नुभएकाे भनिन् मैले खाना खायाैं भने खाए नि, म त बाख्रा चराउन गाेठालाे हिडिसके भनिन् ! ल ठिक छ पछि बाेलाैला भन्दै मैले फाेन काटे, फाेन त काटियाे तर मन काट्न सकिएन मन उतै तिर बल गर्दै थियाे ।  दिनभर उनीसगैको त्यो मीठासपूर्ण पलले चसक्क चसक्क घोचिरहेर्याे । भेटपछि पिरतीको आकार ह्वात्तै बढेर गएकाे महसुस भयाे । उनी संगका ति पलले मुटु चिमोठी रह्यो, पोलिरह्यो ।

दिनभर जसाे मन थिरमा बसेन एकदमै तरल बनेर हल्लिरह्याे, ताकि आँधा गाग्री पानी जस्ताे गरि । मनलाई धेरथाेर सानत्वना दिएर बसे साँझ पर्याे उनले फाेटाे मलाई नि पठाइदिनु भनेकाले ह्वाटसपमा पठाएर नम्बरमा टेक्स म्यासेज छाेडे फाेटाे पठाएकाे छु भनेर तर रिप्लाई आएन । फाेन हान्ने मेराे मनले पुन: आँट गरेन् किनकी उनले भेटमा माेवाइल मसंग मात्र रहदैन् परिवारमा अरु संग पनि हुन्छ भनेकी थिइन् त्यसकारण पनि फाेन हानिहाल्न मन मानेन् । साँझ करिब ६ बजिसकेकाे थियाे । डाटा खाेले निकै कुराकानी हुने हुदाँ उनकाे आइडी लगभग टप मै थियाे हत्तपत्त त्यतातिर आखाँ गयाे । अनलाइनमा देखे बाेलाइहाले मलाई निकै तलतल लागिरहेकाे थियाे।  म्यासेज सिन भएन् अडियाे कल गरे उनी कसैसंग बाेल्दै रहेछिन व्यस्त भन्याैं, लाग्छ त्याे अन्तिम अडियाे कल नै मेरा लागि उनी संग छुट्ने माध्यम  बन्याैं । यतिकैमा डाटा बन्द गरेर चिया खान लागे फेरि चियाँ पिउदै  डाटा अन गर्दा  ६ बजेर ५ मिनेट जाँदा उनले मलाई ब्लक गरिसकेकी रहेछिन् ।  म त छांगाबाट खसे झैं भए आत्तिए, फाने नहान्नुपर्ने म्यासेन्जरमा उनलाई केही भयाे कि परिवारमा भन्ने लाग्याे मन निकै डरायाे । नम्बरमा म्यासेज पठाए रिप्लाई आएन, अब त नम्बरमा फाेन हान्ने आँट त आउने कुरा नै भएन् धेरै पटक म्यासेज लेखे केही प्रतिक्रिया आएन, मन तर्सियाे म निकै आत्तिए मेरा कारण उनलाई केही समस्या पक्कै भयाे भन्दै । आँधी रातमा उठेर पनि उनकाे रिप्लाई आयाे किन भन्दै चिसाेमा बाहिर कठ्याँरिदैं बसे किनकी घरभित्र नेटर्व आउदैन थियाे ।

भाेली पल्ट बिहान उठेर उनकाे घर भएतिर हेरे मनले उतै तिर जाेड नै गरिहेकाे थियाे। साथीलाई फाेन गरे बताए उनलाई केही पक्कै भयाे मेरा कारण मलाई यसाे गरिन् सकिन्छ भने केही बुझ्न भनेर अनुराेध गरे । उहाँले इन्कार त गर्ने कुरै थिएन तर बुझ्नलाई सहज अवस्य थिएन् उहाँ छिमेकी भएकाले उनले दाइ सम्मान मान्ने गर्थिन् । भाेलिपल्ट काठमाण्डाैंकाे यात्रा तय भइसकेकाे थियाे मलाई भने उनकाे केही खबर पाए मन शान्त हुनिथियाे भन्ने पिरले पेलिरहेकाे थियाे, तर पाउन सकिरहेकाे थिएन । नम्बरमा टेक्स म्यासेज त धेरै पठाए हाेला अनगिन्ति नै तर तिनका कुनै रिप्लाई पाइरहेकाे थिएन् । काठमाण्डाैकाे यात्रा तय गरे बाटा भरि त्यही कुराले चसक्क चसक्क बनाइरह्याे गाउँ नजिकै बाट गाडी चढ्ने ठाउँमा पुगे। गाडी राेकिएकाे थियाे । गाडीमा बसे केही मिनेटमा गाडी चल्न सुरु भयाे । गाडीमा ड्राइभर दाइले गीत बजाउन सुरु गरे, संयाेग र संजाेग कस्ताे पर्याे भनेनी गीत पनि बिछाेडकै बज्याे, ‘छुट्नलाई पाे रैछ क्यारे ए सानु तिम्राे मेराे यति धेरै मायाँ बसेकाे’  म फेरि भक्कानियाे सम्हाल्न नसकि नसकि त्यहाँसम्म पुर्याएकाे मन गीत सुनेर छताछुल्ल भुँइभरि पाेखियाे । आखाँबाट आसुँ पनि झरे सक्दाे आँसु राेक्ने काेसिस गरे तर नहुदाे रैछ । यसै हुदै दाङ पुगे टिकट पहिलाे दिननै लिइसकेकाे थिए । बेलुकी ७ बजेकाे थियाे गाडी करिब ३ बजे दाङ पुगियाे आफ्नै दाइकाे हाेटेलमा आराम गरे आराम के हुन्थ्याे तैपनि, दाइले खाना खाएर जाने भन्नु भयाे खाना लगाइदिनु भाे खाना त्यति रुचेन पिर त उहीँ मान्छेकाे छ । उसलाई कति पिडा भयाे हाेला बुझ्न पाए मात्र पनि मन खुसी हुनिथियाे खाली यहीँ कुराले घाेचिरहेकाे थियाे । मन बलियाे बनाउदै उनकाे एनसिएलकाे नम्बर थियाे फाेन गरें नम्बर पनि ब्लक लिस्टमा परिसकेकाे रहेछ, नमस्तेकाे नम्बरबाट पनि ट्राई गरे त्याे पनि ब्लकमा देखायाे म झनै स्तव्ध भए । आतंकित भए  ।

काठमाण्डाैंकाे रात्री बस चल्न सुरु गर्याे नम्बर ब्लक भएपनि म्यासेज त जान्छ हाेला नै भनेर निरन्तर छाेडिरहे रिप्लाई आउछ कि भन्दै रातभर प्रतिक्षा गर्थे धेरै पटक फेस्बुकमा गएर ब्लक खुलिहाल्याे पाे कि भनेर पनि हेर्थे जेनतेन १५ घण्टाकाे लामाे अनि कष्टकर यात्रापछि राजधानी पुगे ।  साथीलाई फाेन गरेर भने लाैन केही विकल्प निकालाैं खासमा भयाे चाही के यत्ति बुझाैं अरु चाहिएन भने । उहाँलाई अनलाइ भए एकपटक के भएकाे बुझिदिनु भनेर अनुराेध गरे, अनलाइनमै रहेछिन । साथीले म्यासेज पठाउनु भएछ उनलाई साथीले ठुलाे गुनासाे गर्दैछन के भयाे र बाेलचाल बन्द भएकाे हाेर भनेर म्यासेज पठाउनु भएछ ।  म भने कति बेला के प्रतिक्रिया आउँछ भनेर पर्खिरहेकाे थिए । साथीकाे म्यासेज आयाे हतारहतार हेरें, मैले त दाइ, छिमेकी र साथी जस्ताे सम्झेंर भेट गरेकाे थिए तर घरपरिवारले थाहा पाउनुभएछ धेरै गाली गर्नुभयाे मलाई, त्यसैले मैले खबरै नगरी ब्लक गरें मन नदुखाउरे भन्दिनुँ भनेछन् पाेलिरहेकाे मन बल्ल अलि शित्तल भएजस्ताे भाे यति कुरा सुन्न पाएपछि । फेरि मन नदुखाउनुरे भनेर लेखेर पठाइछिन् शब्दहरु संगै अन्तिममा पिडाकाे अर्थ बुझाउने स्टिकर पनि पठाइन् यसले मेरा मन झन दुख्याे साच्चै उनलाई धेरै नै असह्य भएकाे रहेछ भनेर । मैले पनि जवाफ फर्काइदिनु भनेर म्यासेज लेखेर साथीलाई पठाए उनकाे मन नदुखाउनु भन्ने शब्दकाे जवाफमा, मलाई मन दुखाउने अधिकार त कहाँ छ र मेरो चाहाना त तिम्रो मन नदुखोस् भन्ने हो तर मेरो कारण तिम्रो परिवारमा समस्या उत्पन्न हुनपुगेछ मलाई नि लागेको थियो पक्कै तिमीलाई केही भयो । यत्ति बुझ्न पाए पोलेको मन शान्त हुनेथियो सुने भयो पनि । केही समय भएपनि मीठो बोलिदियाैं राम्रो सम्बन्धमा अगाडि बढियो यसको निम्ति म सदा आभारी रहनेछु । जिन्दगी लामो छ घुम्दै जादा फिर्दै जादा कहि कतै भेट हुदा  मन  खोलेर बोल्नु ! सबै चाहेको कुरा कहाँ पूरा हुन्छन् र बिग्रिएको मन भुलाउने दुस्साहस म आफैंले गराैंला तिमी मेरो कारण दुखि बन्नुपर्याे तिम्राे काेमल मन दुखाए क्षमा चाहान्छु । मैले यति लेखेर पठाए  । यसकाे रिप्लाई पठाइछिन् क्षमा माग्नु पर्दैन रे भनिदिनुहाेला दादा गल्ती उहाँकाे पनि हाेइन मेराे पनि तर केही नभनी ब्लक गरेर गल्ती गरे त्यसकाे लागि पिर नमान्नु रे भन्ने लेखेर पठाइछिन् । यसपछि उनकाे कुनै खबर छैन तर झझल्काेमा हरेक पल आइरहेकी छिन् । साचिरहेकाे छु जिन्दगी लामाे छ दिनहरु थुप्रै बाँकी छन् । बगेकाे खाेला पनि त फर्किन्छ भन्छन् उनकाे त मन हाे कसाे नफर्किएला र  ?

प्रतिकृया दिनुहोस्