News Portal

बहुचर्चित गायिका टिका पुनको “सांगीतिक साँझ” आयोजना हुदै

फरकपोस्ट संवाददातामंसिर १७ काठमाडौं
१६९४ पटक
मंसिर १७ काठमाडौं

लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” आयोजना हुने भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा हुने भएको हो ।

सांगीतिक साँझको कार्यक्रम दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको छ ।

सुर्खेतमा जन्मिएकी बहुचर्चित गायिका टिका पुनको कर्म घर दाङ हो । हाल: उनले काठमाडौंलाई कर्मथलो बनाएर आफ्नो सांगीतिक कर्मलाई निरन्तरता दिइरहेकी छिन् । गायिका पुन थुप्रै संघ संस्थाहरुमा पनी आबद्ध हुदै आएकी छिन् । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्षको भूमिकामा रहेर समेत काम गरिसकेकी छिन् ।

कार्यक्रमलाई कर्णाली कलाकार समाज, कर्णाली युथ भोलीन्टियर्स, कालीकोटका युवा नेता तथा समाजसेबी ब्यक्तित्व भुपेन्द्र जंग शाहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही समयपछि पत्रकार सम्मेलन गरी सम्पुर्ण कार्यतालिका बारे जानकारी गराउने कुरा टिका पुनले बताएकी छिन् ।

धेरै विधाका गीत गाउन पोख्त गायिका टिकाले थुप्रै लोकप्रिय गीतहरुमा आफ्नो आवाज दिइसकेकी छिन् । लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका थिए ।

टिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले बिगत १८ बर्ष देखी सांगीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् । “टिका पुन सांगीतिक साँझ” लाई भब्य रुपमा सफल बनाउन आयोजक टिमले कसरत गरिरहेको कुरा बताउदै सबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिन कार्यक्रम संयोजक उदिराम खड्काले अनुरोध गरेका छन् ।

“टिका पुन सांगीतिक साँझ” कार्यक्रम का बिषयमा हामी संग प्रतिक्रिया दिदै गायिका पुनले भन्छिन् “यो कार्यक्रम आयोजना हुनु मेरो लागि गर्वको कुरा हो । सर्वप्रथम त मेरा भगवानरुपी दर्शकहरुलाई नमन गर्न चाहन्छु । त्यसपछि मलाई जन्म दिने बुवा, आमा र मेरो अभिभावक सरह उदिराम खड्का दाई प्रती पनि आभारी छु । उदिराम खड्का दाई यस कार्यक्रमको कार्यक्रम संयोजक पनि हुनुहुन्छ । टिका पुन सांगीतिक साँझलाई सफल पार्नका लाग सहयोग आउनेक्रम जारी छ । सहयोग गर्नुहुने सहयोगीदाताहरु प्रती पनि आभारी छु । टिका पुन सांगीतिक साँझलाई भब्य रुपमा सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।” भनेर गायिका पुनले सबैलाई अनुरोध गरेकी छिन् । हाम्रो तर्फबाट पनि कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्