News Portal

विष्णु माझी, यानप्रसाद न्याैपाने र टिका सानुकाे ‘अंगालाेमा बेर मायाले’

फरकपोस्ट संवाददातामंसिर २१ काठमाण्डाैं
१२५९ पटक
मंसिर २१ काठमाण्डाैं

पछिल्लाेसमय प्रत्यक्ष दाेहाेरी जमेका लाेकप्रिय गायक यानप्रसाद न्याैपाने र विष्णु माझीकाे आवाजमा ‘अंगालाेमा बेर मायाले’ सार्वजनिक भएकाे छ ।  यान प्रसाद न्यौपानेकाे शब्द संगीत सृजना रहेकाे यस गीतकाे संगीत संयाेजन श्याम श्वेत रसाईलीले गरेका हुन् । कमल थापा र किरण विश्‍वकर्माले रेकर्डिङ गरेकाे यस गीतकाे रेकर्ड प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

मर्मस्पर्शी विषय, शब्द र संगीतकाे संयाेजनबाट बनेकाे  यस गीतमा परदेशमा नेपालीले भाेग्नुपरेकाे दुर्घटनाकाे कथालाई चित्रण गरिएकाे छ ।  गीत सार्वजनिक भएकाे छोटो समयमा नै  युटुव र टिकटकमा निकै  रुचाईएको छ । ‘अंगालाेमा बेर मायाले सुखमा त कसलाई काे चाहिन्छ दुख पर्दा हेर मायाले’ गीतकाे थेगाेले याे कथा बाेकेकाे छ ।   सुख पर्दा सबैले साथ दिने तर दुख पर्दा कसैले वास्ता नगर्ने यथार्थ कहानीलाई गीतमा समावेश गरिएका शब्दहरुले अत्यन्तै मार्मिक र सान्दर्भिक बाेलेका छन् ।

निशान बानियाको निर्देशन एवम् कथावस्तुमा तयार पारिएको यस गीतकाे म्युजिक भिडियोमा लाेकप्रिय गायिका टिका सानु र गायक यानप्रसाद न्यौपानेको जीवन्त अभिनय रहेको छ । म्युजिक भिडियाेमा टिका सानु यान प्रसादकी श्रीमान श्रीमतीकाे भूमिकामा देखिएका छन् , श्रीमान् घरको आर्थिक अवस्था नाजुक भएकाले परदेशी हुन वाध्य हुन्छन् तर परदेशीमा उनि दुर्घटनामा परि अंगभंग हुन्छन् र उनि नेपाल फर्कन्छन् । अपांग श्रीमान यानप्रसाद लिन टिका एरपोर्ट पुग्छिन् श्रीमानको अवस्था देख्दा टिका भक्कानिएर रुन्छिन् कारुणिक कथा र अभिनय यस म्युजिक भिडियाेमा देखाईएको छ |

गीतकाे म्युजिक भिडियोलाई महेश महराले छांयाकन एवम् नवीन धर्तीमगरले सम्पादन गरेका छन् । गीत  Yan Prasad Neupane अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्