News Portal

प्रधानमन्त्री केपी शर्मा ओलीले, विश्वासको मत पाएनन्

खनाल नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका छन

फरकपोस्ट संवाददाताबैशाख २७, काठमाडौं
४३४ पटक
बैशाख २७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन् ।  जम्मा उपस्थित सांसद संख्या २३२ जना रहेकोमा । पक्षमा ९३ मत मात्र पाएका छन् । विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको थियो ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए । एमालेका कुल १२१ जना सांसद हुन। 

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन् । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्