News Portal

निर्वाचनमा प्रचण्डसँग भिड्न तयार छु एमाले नेता : बादल

फरकपोस्ट संवाददाताअसोज ७ काठमाडौं
१७८७ पटक
असोज ७ काठमाडौं

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन् ।  शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् ।

दुवै नेताकोे गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिडन्त हुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो ।

‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’

उनले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलायन भएको बताए। नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनको आरोप छ ।

प्रतिकृया दिनुहोस्