News Portal

कोभिडविरुद्धको खोप कार्ड हराएमा यसरी लिन सकिन्छ प्रतिलिपी

फरकपोस्ट संवाददातामाघ ०५ काठमाडौं
८८६ पटक
माघ ०५ काठमाडौं

कोभिडविरुद्धको खोप लगाइसकेका व्यक्तिले खोप कार्ड कुनै कारण हराएमा खोप कार्डको प्रतिलिपी बनाउन पाउँने भएका छन् । खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्ड लिन सकिने भएको हो ।

त्यस्तै दुवै मात्रा खोप लगाइसकेको भएमा दोस्रो मात्रा लगाएको खोप केन्द्रबाट पनि खोप कार्डको प्रतिलिपी लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।

प्रतिकृया दिनुहोस्