News Portal

अपडेटः दुर्घटनाग्रस्त अवस्थामा भेटियाे बेपत्ता विमान

फरकपोस्ट संवाददाताजेठ १५ काठमाडौं
१२८५ पटक
जेठ १५ काठमाडौं

सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा फेला परेको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।

स्थानीयका अनुसार जहाजमा आगो बलेकाे र ठूलाे आवाज आएकाे थियाे।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियाे। प्रभाकर घिमिरे चालक रहेकाे जहाजमा १९ जना यात्रु सवार थिए।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्