News Portal

हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारङ्गी साँझ हुँदै

फरकपोस्ट संवाददाताभदौ २३ काठमाडौं
४६३ पटक
भदौ २३ काठमाडौं

लोकप्रिय सारंगीबादक एवम् गायक हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारंगी साँझ हुने भएको छ । चार महिनादेखि सांगीतिक कार्यक्रमको सिलसिलामा बेलायतमै रहेका रसाइलीको लण्डनको अल्डरसटस्थित एम्पाएर हलमा शनिबार सारंगी साँझ हुने भएको हो ।

मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले सारङ्गी बजाएका चर्चित गीत सारंगीमार्फत सुनाउनेछन् ।

रसाइलीले हालसम्म १२ हजार बढी गीतमा सारंगीको धुन भरिसकेका छन् । उनी आफैं गायक समेत हुन् । कार्यक्रममा रसाइलीलाई गायिका विमला श्रीष र गीता पाइजा मगरले साथ दिनेछन् ।

म्याग्दीको मालिका गाउँपालिका-४ चिउरीबोट मठ्ठडाँडामा जन्मिएका रसाइलीले सारंगीको संरक्षणको उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।

 

प्रतिकृया दिनुहोस्