News Portal

आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु

फरकपोस्ट संवाददातामाघ ११ काठमाडौँ
१२१६ पटक
माघ ११ काठमाडौँ

मंगलबार दिउँसो बानेश्वर संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको हो ।

३७ वर्षीय आचार्य इलामको सूर्योदय नगरपालिका निवासी हुन् । मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

प्रतिकृया दिनुहोस्