News Portal

रोल्पामा सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने पक्राउ

फरकपोस्ट संवाददाताबैशाख ९ रोल्पा
१०२९ पटक
बैशाख ९ रोल्पा

रोल्पामा सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका ओमप्रकाश महरालाई रोल्पाबाटै नेपाल प्रहरीको साइबर ब्यूरो टिमले पक्राउ गरेको हो ।

आरोपित युवकले युवतीको हराएको मोबाइल फेला पारेर सामाजिक सञ्जाल फेस्बुकमा अश्लील फोटो राख्ने, म्यासेन्जर मार्फत यौनजन्य भिडियो नातेदार तथा आफन्तहरुलाई पठाउने गरेको भन्दै पीडित युवतीले निजको पहिचान गरि कानुन अनुसार कारबाही गरि पाउ भन्दै केन्द्रीय साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।

प्राप्त उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्युरो टिमले प्राबिधिक विश्लेषण तथा अनुसन्धान र ह्युमन ईन्टेलिजेन्सको माध्यमबाट आरोपित युवकलाई पक्राउ गरेको केन्द्रीय साइबर ब्युरोले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

आरोपित युवकलाई पक्राउ गरी बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको साइबर ब्युरोका प्रहरी उपरीक्षक प्रबक्ता एवम् सूचना अधिकारी पशुपति कुमार रायले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्