News Portal

गायिका उर्मिला लाम्गादेको आवाजमा ‘मेरो बुवाको घर’

फरकपोस्ट संवाददाताबैशाख १९ काठमाडौं
१७८ पटक
बैशाख १९ काठमाडौं

गायिका उर्मिला लाम्गादेको कर्णप्रिय आवाजमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सन सार्वजनिक भएको छ । दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन् ।

भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार देखिएका छन् । अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियो गायिका लाम्गादेको युट्युव च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी गायिका लाम्गादेको यसअघि पनि थुप्रै गीतहरू सार्वजनिक भैसकेका छन् । गायन संगै अभिनयमा समेत रुचि राख्ने लाम्गादेले ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन् ।

प्रतिकृया दिनुहोस्