News Portal

प्रकाश सपूतमाथि बोतल प्रहारको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्ति

फरकपोस्ट संवाददाताअसार ११ काठमाडौं
११२१ पटक
असार ११ काठमाडौं

गायक प्रकाश सपूतमाथि भएको बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली समयअनुसार आइतवार राती रोमानियामा नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाशमाथि दर्शकले क्यान बोतल प्रहार गरेका थिए ।

दोहोरीगीत प्रतिष्ठानले उक्त घटना अन्त्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको जनाएको छ । यस प्रकारको घटनाले कलाकारको मनोवल गिर्नुका साथै सम्पूर्ण नेपाली कलाकारको मन दुखेको समेत प्रतिष्ठानद्वारा जारी विज्ञप्‍तिमा उल्लेख छ ।

दोहोरीगीत प्रतिष्ठानका सचिव रहेका प्रकाशमाथि भएको घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग समेत प्रतिष्ठानले गरेको छ ।

‘बोल माया’ गीत गाइरहँदा दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सीधै प्रकाशको अनुहारमा लागेको थियो । उक्त घटनाको भिडियो यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल छ ।

प्रतिकृया दिनुहोस्