News Portal

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने सबैकाे शव काठमाडौं ल्याइयो

फरकपोस्ट संवाददाताअसार २६ काठमाण्डाैं
५४६ पटक
असार २६ काठमाण्डाैं

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ। अल्टिट्युड एयरको हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो।

पोष्टमार्टमका लागि शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पाइलटसहित ६ जना सवार हेलिकोप्टरका पाँच यात्रु मेक्सिकन नागरिक हुन् ।

ad
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौं उडेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

प्रतिकृया दिनुहोस्