News Portal

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

फरकपोस्ट संवाददाताअसार २६ काठमाण्डाैं
१५७ पटक
असार २६ काठमाण्डाैं

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।

आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको शर्माले बताइन्। मन्त्रिपरिषद्ले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्