News Portal

तनहुँको मादी पुलबाट जिप खस्यो, तीन जनाको मृत्यु

फरकपोस्ट संवाददाताजेठ ११ तनहुँ
१४० पटक
जेठ ११ तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खसेको छ । जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको थियो ।
दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको अहिले जिल्ला अस्पताल दमाैलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन् । जिपमा पाँच जना सवार रहेका थिए ।

दुर्घटनामा परि मृत्युु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल दमाैलीमा मृत्यु भएको हो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिकृया दिनुहोस्