News Portal

दुर्गा प्रसाईं लगायत ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

फरकपोस्ट संवाददाता जेठ ११ काठमाडौँ
१९१ पटक
जेठ ११ काठमाडौँ

गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए ।

प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारू विरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।

तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो । राजावादीहरुले गरेकाे प्रदर्शन हिंसात्मक बनेको थियो ।

प्रतिकृया दिनुहोस्