फरकपोस्ट संवाददाता जेठ १३ काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ ।
महासचिव विप्लवले जनश्रम कृषि सहकारी संस्थामार्फत पार्टीले उत्पादन गरेको दुई लाख किलो आलु विनाेध चौधरीलाई बेचेको बताएका छन् ।
दाङकाे तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा बाेल्दै महासचिव विप्लवले २ लाख किलो आलु विनोद चौधरीको सीजी फुड्सलाई बेचिएको जानकारी दिएका हुन्।
‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, उनले भने, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’