
रुपन्देहीको बुटवलमा एक महिलासहित दुई बच्चाको बीभत्स हत्या भएको छ । हत्या भएकाहरू बुटवल उपमहानगरपालिका– ११, होराइजन चोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्याल रहेको प्रहरीले जानाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
‘जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले भने, हतियार र हथाैडा प्रयोग गरेर हत्या गरिएको छ। थप अनुसन्धान हुँदै छ,’ उनले हत्यामा संलग्न भएको आशंका गरिएका काेइराला दीपाका पूर्वपति हुन् । उनी आफ्नै दाजुको हत्या गरेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आममाफी पाएर छुटेको व्यक्ति हुन् । दीपा काेइरालासँग डिभोर्स भएर अर्कैसँग विवाह गरी बसेकी थिइन् । पूर्वश्रीमानले दीपालाई आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी चार बजेतिर हत्या गरेका थिए ।
उनीहरूबिच करिब ८–१० वर्ष पहिले नै सम्बन्धविच्छेद भएको प्रहरीले बताएको छ। यद्यपि, घटनाको सम्पूर्ण विवरण आइसकेको छैन । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि गरिरहेको छ ।