
नेकपा महासचिव विप्लव सीले नेपालको वर्तमान अवस्था निकै नै दयनीय भएको बताएका छन् । दाङकाे घाेराहीमा समसामयिक विषयमा राखिएकाे सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
विप्लव सीले पछिल्लो समय विभिन्न राजनीतिक दलहरुले जनतालाई प्रभावकारी सेवा प्रदान गर्न नसक्दा जनताले निकै नै सास्ती भाेग्नुपरेकाे उनको जिकिर गरे । उनले नेपाली जनताकाे भविष्यप्रति सरकार गम्भीर नरहेको उनले बताए । दैनिक सयौं युवाहरू विदेशिदै गर्दा सरकारसँग ती युवाहरूलाई स्वदेशमै रोजगारीको संभावना सिर्जना गर्ने र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सरकारसँग स्पस्ट नीति तथा कार्यक्रम नभएको बताए ।
यतिबेला नेपाली जनताहरूले वैकल्पिक राजनीति शक्तिको विकल्प खोजिरहेको पनि प्रष्ट पारे। तर जनताहरू अझै अलमलमा रहेकाे उनले बताए ।
पछिल्लो समय कपिलवस्तु लगायत देशका केही जिल्लाहरूमा आफ्नो पार्टीको नेतृत्वमा कृषि उत्पादनलाई जोड दिइएको बताए । जग्गा भाडामा लिएर सामूहिक खेती गरिरहेका विप्लव सीले केही दिन अघि मात्र उद्योगपती बिनोद चौधरीको सिजी ग्रुपलाई दुई लाख केजी आलु बिक्री गरेको बताए ।
पछिल्लो समय नेपालमा उत्पादन घट्दै जाँदा खाद्यान्न तथा तरकारीहरू बाह्य देशबाट आयत भइरहेको छ उनले भने’ बाहिरबाट निर्यात भएका खाद्यान्न तथा तरकारी सर्वसाधारणले किन्न नसक्ने मूल्यमा पुगेको छ ! उनले भने’ । हामीले सी व्यापार सुरु गरिसकेपछि बाहिर पाउने खाद्यान्न तथा तरकारीहरूको मूल्य भन्दा तीस देखि चालिस प्रतिशत सहुलियतमा खाद्यान्न तथा तरकारीहरू बेचिरहेका छाैं उनले भने’ हामी मज्जाले श्रम गर्छौं, पसिना बगाउछौ स्वस्थकर र अर्गानिक खान्छाैं, हामीले धेरै प्रजातिका माैसमी बेमौसमी तरकारी उत्पादन गरिरहेका छाैं उनले भने’ ।
कृषि उत्पादनतर्फ किसान लाग्दा राज्यबाट पाउनुपर्ने सेवा सुविधा अनुदान वास्तविक किसानहरूले नपाउँदा किसानहरूले कृषि उत्पादनबाट नाफा कमाउन नसकेको उनले बताए ।