
यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक सवारीसाधन बन्द गरी व्यवसायीले बन्दको घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात बन्दका कारण सोमबार बिहानदेखि देशभरका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
बन्दका कारण सर्वसाधारण यात्रुलाई ओहोर दोहोर गर्न समस्या सकस भएको छ भने जनजीवन प्रभावित भएको छ ।
पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवालाई सञ्चालन गर्ने नीतिगत व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले बिरोध जनाउँदै देशभर अनिश्चितकालको लागि बन्दको आह्वान गरेको हो । विश्वभर लोकप्रिय हुँदै गएको ‘राइड सेयरिङ’ सेवालाई नेपालका यातायात व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रमबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
