फरकपोस्ट संवाददाता जेठ २९ काठमाडौँ

भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ । लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अहमदाबादबाट लन्डनका लागि उडान भर्ने क्रममा विमान दुर्घटना भएको बताइएको छ । विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ।
विमानस्थालबाट १:३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।