News Portal

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

फरकपोस्ट संवाददाताअसार ०४ काठमाडौं
९४ पटक
असार ०४ काठमाडौं

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् । ओली र भण्डारीबीच एक घण्टाभन्दा लामोसमय कुराकानी भएको बताइएको छ । भण्डारी र ओलीबीचको सम्बन्धमा पछिल्लो सयम तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । नेपाली राजनितीक वृत्तमा दुईको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटवार्तामा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटमा भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी छन् । एमालेको भावी अध्यक्षको आकांक्षासहित पूर्वराष्ट्रपति भण्डारी एमालेमा पुनः सक्रिय हुन खोजेको भण्डारीको सक्रियताले दर्शाउछ । भण्डारीको राजनीतिक सक्रियतालालाई लिएर आोली शशंकित भइरहेका छन् ।

प्रतिकृया दिनुहोस्