News Portal

माओवादी पार्टीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने एजेन्डा उठाइरहेको छु : प्रभाकर

फरकपोस्ट संवाददाताअसार ०४ काठमाडौं
९० पटक
असार ०४ काठमाडौं

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी भित्र आफूले उठाएको विषय पार्टीलाई कसरी सुधार र रुपान्तरण गर्ने भन्ने रहेको बताएका छन् ।

सञ्चारकर्मीहरुको आगामी महाधिवेशनमा नेतृत्व दाबी गर्नुहुन्छ ? भन्ने प्रश्नमा उपमहासचिव प्रभाकरले यस्तो बताएका हुन् ।
प्रभाकरले पार्टी र महाधिवेशनका विषयमा थप कुराकानी जोड्दै भने’ पार्टीको जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्व के हो ? पार्टीभित्रको आन्तरिक जनवाद, लोकतन्त्रलाई कसरी स्थापित गर्ने तथा पार्टी सुधार र संस्थागत रूपमा कसरी सञ्चालन गर्ने ? भन्ने अहिलेको प्रमुख विषय भएको बताएका छन् ।

प्रभाकरले भने’ पार्टीलाई कस्तो बनाउने भन्ने निर्णय पार्टीका सदस्यले नै गर्नुपर्ने र त्यो अधिकार उनीहरूलाई दिनुपर्छ । उनीहरूलाई पार्टीले सार्वभौम मान्नुपर्छ । त्यसपछि मात्रै माओवादी जनताको पार्टी बन्न सक्छ भन्ने विषय आफूले उठाउदै आइरहेको प्रष्ट पारे ।

पार्टीभित्र बैचारिक बहसको सृजना भएको उनले संकेत पनि गरेका छन् ! पार्टीलाई एकताबद्ध गर्न, बलियो बनाउन र विधि पद्धतिमा सञ्चालन गर्नुपर्छ भन्ने मेरो एजेन्डा हो । मैले तिनै एजेन्डामा रहेर पार्टीभित्र बहस र छलफल गरिरहेको छु प्रभाकरले बताए ।
माओवादीले मङ्सिरमा महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्