News Portal

शान्ति श्री परियारकाे यस वर्षकाे पहिलाे तीज गीत सार्वजनिक

फरकपोस्ट संवाददाताअसार १६ काकाठमाडौँ
३१६ पटक
असार १६ काकाठमाडौँ

 

लाेकप्रिय गायिका शान्ति श्री परियारकाे यस वर्षकाे पहिलाे तीज गीत सार्वजनिक भएकाे छ । रेखिराम वियाेगीकाे शब्द स‌ृजना शेरचन सुनारकाे लय संकलनमा शान्तिकाे पहिलाे तीज गीत सार्वजनिक भएकाे हाे । गीतमा शान्तिसँगै शेचरन सुनारले पनि स्वर दिएका छन् ।

गाेविन्द अनेककाे संगीत संयाेजन एवम् श्यामश्वेत रसाइलीकाे ध्वनी सम्पादन रहेकाे यस गीतकाे रेकडिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेका छन् । भिडियोमा नायिका जुना विश्वकर्मा शेचरन सुनार र खिम बहादुर जिएमले अभिनय गरेका छन् । महेश महरामले  छायांकन गरेका यस म्युजिक भिडियाेकाे सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।

दाङ सल्यान रुकुम राेल्पा प्यूठान लगायत आसपासका क्षेत्रमा गाइदै आएकाे रैथाने तीज भाकामा आधारित रहेर गीतकाे सृजना गरिएकाे छ ।

म्युजिक भिडियाे गाेविन्द अनेक (Govind Anek) युटुब च्यानलमार्फत सार्वजनिक गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्