
दाङ जिल्ला मात्र नभएर दाङका छिमेकी जिल्लाहरूबाट पनि विश्वास र भरपर्दो स्वास्थ्य सेवाको रुपमा मानिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आज एक सुत्केरीको सल्यक्रिया पछि मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १८ मसिना स्थित ब्रहाचारी टोल निवासी २१ वर्षीय गुड्डी सुनार रहेकी छिन।बिहान ४ बजे प्रतिष्ठानमा सुत्केरी गराउन लिएका बिरामी सामान्य प्रसुति हुन नसकेपछि शल्यक्रियाबाट सुत्केरी गराउनुपर्ने भनेपछि बिरामीका आफन्तले सुत्केरी व्यथा लागेका महिलालाई सल्यक्रियाको लागि सहमति जनाएका थिए। बिहान १० बजेसम्म सामान्य अवस्थामा सुत्केरी हुने बताएका चिकित्सकहरुले करिब १२ बजे सल्यक्रिया बाट बच्चाको जन्म गराइएको थिय। शल्यक्रिया गरिसकेपछि केही बेरमै सुत्केरी महिलाको मृत्यु भएपछि प्रतिष्ठानमा तनाव सिर्जना भएको हो। मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै प्रतिष्ठान परिसर भित्रै प्रदर्शन गरेका हुन्। मृतकका ससुरा महावीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकीय लापरवाहीकै कारण भएको दाबी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म सब नउठाउने अडन राखेका छन्। सधैँ नवजार शिशुको उचित स्वास्थ्य उपचारको माग पनि राखेका छन्। यस विषयमा प्रतिष्ठानका निर्देशक डाक्टर जनार्दन पन्थले भने सुत्केरीको मृत्युबारे आवश्यक जानकारी संकलनको प्रक्रियामा रहेकाले सत्य तथ्य तथा यथार्थ कुरा थाहा पाउन उपचारका क्रममा अपनाइएका विधि प्रक्रियाका आधारमा वस्तुगत यथार्थ सार्वजनिक गरिने बताएका छन्।