News Portal

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

निरज बि.ककाठमाडौ २१ असार
८३ पटक
काठमाडौ २१ असार

वर्तमान सरकारमा आफ्नो झिनो सहभागिता जनाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकबाट सो निर्णय पारित गरेको हो।

संघीय संसद अरुण चौधरी संस्कृति पर्यटन तथा राज्यमन्त्री को जिम्मेवारी सम्हालिरहेका छन्। संसद सङ्ख्या निकै कम भएको कारणले एउटा मात्र मन्त्रालयको जिम्मा पाएको नागरिक उन्मुक्ति पार्टीले भोलि नै सो मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिने बताइएको छ। भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसद अरुण चौधरीले संस्कृति पर्यटन तथा राज्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिनेछन्।

शुक्रबार सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो सांसदहरूको बेइज्जत भएको र संसदहरूको बेइज्जत हुनु भनेको पार्टीको बेज्जत हुनु सर हो भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका थिए। सोही घटनालाई लिएर नागरिक उन्मुक्ति पार्टीले सरकार छोड्ने निर्णय गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्