News Portal

गुप्ताको राजीनामा लगत्तै भगवती न्यौपाने नियुक्ति

निरज बि.कअसार ३१ काठमाडौं
८२ पटक
असार ३१ काठमाडौं

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्ति भएकी छिन्।

राजकुमार गुप्ताको घुस प्रकरण अडियो सार्वजनिक भइसकेपछि गुप्ताले मङ्गलबार राजीनामा दिएका थिए। गुप्ताले राजीनामा दिएसँगै रिक्त पदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्ति गर्दै जिम्मेवारी टोकेका छन्।
नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्ति गरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको कार्यभार सम्हाल्ने गरी टोक्नुभएको छ। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई द्वारा हस्ताक्षर सहित विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्