News Portal

प्रकृतिले ठगेको मधेसलाई सरकारले पनि थप दुःख थपिदिएको छ।

निरज बि.कसाउन १३ मधेस
१५८ पटक
साउन १३ मधेस

नेपालको अन्नभन्दार मानिने मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा अहिले खडेरीको विकराल रूपले किसान चिन्तित बनेका छन्। साउनको आधा महिना जाँदासम्म पनि मधेसमा वर्षा नहुँदा मधेसका किसान यसपालिको धान खेती माया मार्ने अवस्थामा पुगेका छन्।

अहिले तराईमा रोपिएका धानबोटहरूलाई बचाउन एउटै विकल्प छ। जो हो जमिनमुनिको पानी डिप बोर्डिङ मार्फत खेतमा सिँचाइ गर्ने। जमिनमुनि पनि पानी सुक्दै गइरहेको समस्या भोगिरहेका किसानको लागि सरकारले नियमित रुपमा पर्याप्त विद्युत सेवा प्रवाह नगरिदिँदा किसान झन् थप समस्यामा परेका छन्।

बिजुलीमा हुने टिपिङले उनीहरूको समस्या थपिएको हो। नियमित रूपमा बिजुली नपाउँदा खेतमा पानी हाल्न नसकेको दुखेसो उनीहरूको छ।

बारा पर्सादेखि रौटहटसम्मका किसानहरूले बारम्बार बिजुली जाने समस्या भोगिरहेका छन्।  प्रकृतिले नै साथ नदिएका किसानहरुलाई सरकारले पनि दुःख थपेको उनीहरूको गुनासो छ।

प्रतिकृया दिनुहोस्