News Portal

१५ पटक

नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्नुपर्ने बताएका छन् । उनले विदेशबाट आएकाे पैसा नराेक्न राष्ट्र बैंकलाई पत्र लेख्ने अधिकार अर्थमन्त्रीलाई नभएकाे भन्दै किन त्यसरी पत्र लेखे, कारबाही हुनुपर्ने बताए ।

उनले पुँजीगत खर्च अब बढाउन सक्ने अवस्था नै नभएकाे दाबी गरे । “पुँजीगत खर्च अब राेक्नुपर्ने देखियाे । पैसा नै नभएपछि कसरी ठेकेदारलाई भुक्तानी दिने?,” उनले भने ।

NMB Bank

Dabur nepal

Agani Group

अर्का पूर्व अर्थमन्त्री युवराज खतिवडाले मन्त्रीहरू खुलेआम निर्वाचनका लागि पैसा माग्दै हिडेकाे आराेप लगाए ।

एमालेले नेपाल राष्ट्र बैंकका गभर्नरबाट महाप्रसाद अधिकारीलाई सरकारले गरेकाे निन्दनीय कार्य भएकाे जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकलाई मन्त्रालयकाे एउटा शाखा जस्ताे बनाउन खाेजेकाे तर गभर्नर अधिकारीले समर्थन नगरेकाले कारबाही गरेकाे आराेप एमालेकाे छ ।

Global bank
पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पाैडेलले सरकारकाे गलत वित्त नीतिकाे समर्थन अधिकारीले नगरेकाले सरकारले निलम्बन गरेकाे बताए । एमालेले गभर्नर निलम्बनकाे निर्णय तत्काल सच्चाउन माग गरेकाे छ ।

“गभर्नरमाथिकाे नग्न हस्तक्षेप निन्दनीय छ । यसले अर्थतन्त्रलाई थप नकारात्मक असर पार्नेछ । गभर्नरमाथिकाे कारबाही तत्काल सच्चाइयाेस्,” उनले भने ।

प्रतिकृया दिनुहोस्